परिचय

मनाङ जिल्ला संघिय गणतन्त्र नेपालको गण्डकी प्रदेश अन्तर्गतको सुन्दर प्राकृक्तिकताले सजिएको हिमाली जिल्ला हो। यस जिल्लाको धेरैजसो भू-भाग उच्च पहाडी र हिमाली क्षेत्रले ओगटेको छ ।

यस जिल्लामा शितोष्ण, ठण्डा, अल्पाईन र हिमाली हावापानी तथा सोही हावापानी सुहाउँदो विभिन्न प्रकारका बन तथा जैविक विविधता पाईन्छन् । यस जिल्लामा बनको कूल क्षेत्रफल १९,१६५.९० हेक्टर छ, जुन जिल्लाको कुल क्षेत्रफलको ८.५३ प्रतिशत हुन आउँछ । मनाङ जिल्लालाई पहिला मनाङ भोट भनिन्थ्यो। जिल्लाको तत्कालीन डावल गा.वि.स. मा घले राजाको दरबार रहेको र घले राजाले शासन गरेका प्रमाणहरूमा बुम्कामा ढुङ्गासहितका दरबारका भग्नावशेषहरू देख्न सकिन्छ । तिव्बतसँग नजिक रहेको नार्पा भुमि गाउँपालिकाको प्रवेशद्वारमा ठूलाठूला काठका ढोकाहरू तथा प्रवेश गर्ने नाकाहरूमा अग्ला अग्ला ढुङ्गा र माटाले बनाईएका सुरक्षा क्याम्पहरूका अवशेषहरूले पनि यसको ऐतिहासिकता झल्किरहेको छ । यस्ता क्याम्प निमार्ण गर्नुको मुख्य उद्देश्य त्यतिवेला तिब्बतबाट भागेर आएका खम्पाहरूको आक्रमणबाट सुरक्षित हुनको लागि भएको जेष्ठ नागरिकहरूले बताएको पाईन्छ । जिल्लाको सबैभन्दा ठूलो गाउँ “मनाङ” बाट नै जिल्लाको नामकरण भएको पाईन्छ। “मनाङ” शब्द तिब्बती भाषाको “म्हनाड” शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ । तिव्वती भाषामा “म्ह” को अर्थ सहायता र “नाङ” को अर्थ देउ भन्ने हुन्छ । Read More…

डिभिजनल वन अधिकृत

अरुण पराजुली
डिभिजनल वन अधिकृत
सम्पर्कः ९८५६०४९१४०
     इमेलः dfomanang@gmail.com

सूचना अधिकारी

सिर्जना  काफ्ले
पदः रेञ्जर
मोवाइल नं: ९८५६०४९१४१

 


अन्य कर्मचारीहरुको विवरण